भोटेकोशी बाढी : उद्धार, उपचार, राहत र पुनःस्थापनाका निम्ति १२ टोली परिचालन

  • बिहीबार ११ भौ २०८३ ०६:२८ AM
काठमाडौं । सरकारले बाढी प्रभावितको उद्धार, खोज तथा राहतका लागि १२ वटा टोली गठन गरेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले ती टोली गठन गरी सम्पर्क व्यक्ति (फोकल पर्सन) समेत तोकेको जनाएको छ । प्राधिकरणका अनुसार सूचना तथा सञ्चार मन्त्रालयका सहसचिव गौरव गिरीको संयोजकत्वमा इमर्जेन्सी कम्युनिकेशन रेस्टोरेसन टिम गठन गरिएको छ ।