विपद् व्यवस्थापनमा दलहरू एकमत, राहतदेखि पुनर्निर्माणसम्मका लागि १० बुँदे साझा प्रतिबद्धता

  • बिहीबार ११ भौ २०८३ ०६:४० AM
नेपाल–चीन सीमावर्ती क्षेत्रबाट भोटेकोशी लगायत नदी प्रणालीमा आएको अप्रत्याशित बाढीबाट विभिन्न जिल्लामा भएको मानवीय तथा भौतिक क्षतिप्रति राजनीतिक दलहरूले सामूहिक चासो व्यक्त गर्दै विपद् व्यवस्थापनका लागि साझा कार्यदिशा अघि सारेका छन्। सर्वदलीय बैठकले रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन र नवलपरासीलगायत जिल्लामा भएको क्षतिप्रति दुःख व्यक्त गर्दै तत्कालीन उद्धार तथा राहतदेखि दीर्घकालीन पुनर्निर्माणसम्मलाई समेटेर १० बुँदे