जाजरकोट । रसुवामा गएको बाढीपहिरोपछि जाजरकोटका सात जना परिवार तथा आफन्तको सम्पर्कमा आउन सकेका छैनन् । सम्पर्कविहीन हुनेमा शिवालय गाउँपालिका–२ का महेन्द्रविक्रम शाही, शिवालय गाउँपालिका–८ का मदन बुढा, प्रकाश बुढा र डिलबहादुर कठायत रहेका छन् । उनीहरू भोटेकोशी हाइड्रोपावर तथा भोटेकोशी क्षेत्रमा कार्यरत चिनियाँ कम्पनीमा काम गर्दै आएका थिए । त्यस्तै, भेरी नगरपालिका–१ का डिलबहादुर विक, भेरी नगरपालिका–३ का रतन रोकाय र भेरी नगरपालिका–४ की विनिता शाही पनि बाढीपहिरोपछि सम्पर्कविहीन भएका छन् । बाढीपहिरोपछि उनीहरूसँग सम्पर्क हुन नसकेपछि परिवार तथा आफन्तले चिन्ता व्यक्त गर्दै तत्काल खोजी तथा उद्धारका लागि सम्बन्धित निकायसँग आग्रह ... The post रसुवा बाढी : जाजरकोटका ७ जना सम्पर्कविहीन appeared first on Kalika Khabar.