काठमाण्डु– रसुवाको भोटेकोशी बाढीपीडितका लागि भारत सरकारले दोस्रो खेपमा थप ३७.५ टन राहत सामग्री पठाएको छ ।मानवीय सहायता, विपद् राहत सामग्री, औषधि र खाद्यान्न बोकेको दोस्रो विमान काठमाण्डुतर्फ प्रस्थान गरेको हो । भारतीय विदेशमन्त्री डा. एस जयशङ्करले एक्समार्फत ३७.५ टन मानवीय सहायता, विपद् राहत सामग्री, औषधि र खाद्यान्न बोकेको विमान काठमाण्डुतर्फ प्रस्थान गरेको जानकारी दिएका