काठमाडौं । रसुवास्थित नेपाल–चीन सीमा क्षेत्रबाट बहने भोटेकोशी नदीमा आएको बाढीबाट बढी प्रभावित क्षेत्रलाई केन्द्रित गरी खोज, उद्धार र राहत कार्यलाई तीव्र तुल्याइएको छ । नेपाली सेनाको कमाण्डमा सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोली आज बिहानैदेखि बाढीग्रस्त क्षेत्रमा फसेका नागरिकको उद्धार, हराइरहेका व्यक्तिको खोजी र विस्थापितलाई राहत दिन क्रियाशील रहेको सैनिक प्रवक्ता राजाराम