प्रभावितको यथाशीघ्र उद्धारका लागि राज्यका सम्पूर्ण संयन्त्र परिचालित छन्ः प्रधानमन्त्री

  • बिहीबार ११ भौ २०८३ ०५:३० AM
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावितहरूको यथाशीघ्र उद्धारका लागि राज्यको सम्पूर्ण संयन्त्र परिचालित रहेको बताएका छन् । आज सामाजिक सञ्जालमार्फत उनले देशले अकल्पनीय रूपमा भोगिरहेको यस विपत्तिको घडीमा सरकार यथाशीघ्र र यथाशक्य उद्धार तथा राहतको कार्यमा जुटिरहेको उल्लेख गरे । सिङ्गो देश, विश्वभरका नेपालीहरू र अन्तर्राष्ट्रिय समुदायसमेतको सहयोग र सहकार्यमा यस विपत्तिको घडीको मिलेर