चीनबाट सामान बोकेर आएका ५०० भन्दा बढी कन्टेनर बाढीमा बेपत्ता

  • बिहीबार ११ भौ २०८३ ०४:३३ AM
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीका कारण रसुवागढी नाका अनिश्चितकालका लागि बन्द भएको छ । बाढीले चीनबाट नेपालतर्फ सामान ल्याउँदै गरेका ५०० भन्दा बढी कन्टेनर बगाएको नेपाल हिमालय सीमापार वाणिज्य संघले जनाएको छ । ती कन्टेनरमा दैनिक उपभोग्य वस्तु, लत्ताकपडा, इलेक्ट्रोनिक्स र विद्युतीय सवारीसाधन (ईभी) लगायतका सामान रहेको संघका महासचिव रामचन्द्र पराजुलीले