भोटेकोशीमा आएको विनाशकारी बाढीपछि प्रभावित भएको अपर त्रिशूली–३ए जलविद्युत् आयोजनामा रोकिएका कर्मचारीहरूको उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर बिहीबार सफलतापूर्वक अवतरण गरेको छ । प्रतिकूल मौसमका कारण बुधबार दुई पटकको प्रयास असफल भएपछि आज हेलिकप्टर आयोजनास्थलमा पुग्न सफल भएको हो । हेलिकप्टर अवतरणसँगै आयोजनाको वास्तविक क्षतिको स्थलगत मूल्याङ्कन सुरु भएको छ । उद्धार, क्षतिको आकलन र