काठमाडौं । रसुवामा आएको बाढीका कारण प्रभावित नागरिकहरूको खोज तथा उद्धार कार्यमा नेपाली सेनाले तीव्रता दिएको छ । नेपाली सेनाका ५ वटा हेलिकप्टरसहित २ हजारभन्दा बढी जनशक्ति परिचालन गरी प्रभावित क्षेत्रहरूमा उद्धार तथा राहत वितरण कार्य युद्धस्तरमा अघि बढाइएको हो । सेनाका अनुसार बिहीबारसम्म हवाई तथा जमिनी माध्यमबाट कुल १७७ जनाको सकुशल उद्धार भइसकेको छ । हालसम्म नेपाली सेनाले हवाई साधनमार्फत ११४ जनाको उद्धार गरेको छ, जसमा भदौ १० गते ९७ जना, बिहीबार बिहान मैलुङको टनेलबाट ३ जना र टिमुरेबाट १४ जना रहेका छन् । त्यसैगरी, अन्य ६३ जनाको जमिनी उद्धार गरिएको ... The post रसुवा बाढी : ५ हेलिकप्टरसहित २ हजार बढी सैनिक परिचालन, १७७ जनाको सकुशल उद्धार appeared first on Kalika Khabar.