काठमाडौं । सरकारले विपद्को समयमा फैलाइएका विभिन्न भ्रम र अफवाहबाट सचेत रहन आम नागरिकलाई आग्रह गरेको छ । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रका प्रमुख फडेन्द्रप्रसाद पौडेलले बिहीवार बिहान जानकारी दिँदै अबदेखि सरकारले हरेक एक घण्टामा आधिकारिक सूचना सार्वजनिक गर्ने व्यवस्था मिलाएको बताए । विभिन्न माध्यमबाट गलत सूचना प्रवाह भई नागरिकमा त्रास फैलिएको गुनासो