अमेरिकाद्वारा पाँच लाख डलर सहयोग गर्ने घोषणा

  • बिहीबार ११ भौ २०८३ ०३:२२ AM
काठमाण्डु – नेपालमा गएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि अमेरिकाले ५ लाख अमेरिकी डलर मानवीय सहायता उपलब्ध गराउने घोषणा गरेको छ । अमेरिकी विदेश विभागले बुधबार सहयोग घोषणा गर्दै विपद् सहायता प्रतिक्रिया सल्लाहकारसमेत पठाउने जनाएको छ। साथै, अमेरिकाले विपद् व्यवस्थापनसम्बन्धी एक ‘डिजास्टर असिस्टेन्स रेस्पोन्स एडभाइजर’लाई समेत प्रभावित क्षेत्रतर्फ पठाउने तयारी गरेको छ।