रसुवा बाढी : शुभम इन्टरनेशनल अस्पतालले घाइते बिरामीको निःशुल्क उपचार गर्ने

  • बिहीबार ११ भौ २०८३ ०३:४३ AM
काठमाडौं । शुभम इन्टरनेशनल अस्पतालले रसुवा बाढीका घाइतेहरुको निःशुल्क उपचार गर्ने भएको छ । काठमाडौंको तारकेश्वर नगरपालिकाको मनमैजुस्थित लोकतान्त्रिक चोकमा रहेको शुभमले घाइतेहरुको निशुल्क उपचार गर्ने जनाएको हो । अस्पताल सञ्चालक समितिका सचिव सरोज केसीका अनुसार अस्पतालले सामाजिक उत्तरदायित्व बहन गर्दै विभिन्न परिस्थितिमा अशक्त तथा घाइते बिरामीहरूको निःशुल्क स्वास्थ्य उपचार सेवा गर्दै आएको छ ।