काठमाडौं । काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेडले बाढीबाट प्रभावित घाइते बिरामीलाई निःशुल्क स्वास्थ्य उपचार सेवा उपलब्ध गराउने भएको छ । काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेडले सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न परिस्थितिमा अशक्त तथा घाइते बिरामीलाई निःशुल्क स्वास्थ्य उपचार सेवा उपलब्ध गराउँदै आएको जनाएको छ । बुधबार बिहान आएको बाढीबाट रसुवा, नुवाकोट तथा आसपासका जिल्लाका प्रभावित घाइते बिरामीको