बाढीबाट विद्युत् क्षेत्रमा ठूलो क्षति, ४३१ मेगावाटका १२ आयोजना बन्द

  • बिहीबार ११ भौ २०८३ ०१:२५ AM
रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीका कारण देशको कुल विद्युत् उत्पादन क्षमताको करिब १० प्रतिशत प्रभावित भएको छ। बाढीले विद्युत् उत्पादन, प्रसारण तथा वितरण संरचनामा ठूलो क्षति पुर्‍याएपछि विद्युत् आपूर्ति व्यवस्थापन चुनौतीपूर्ण बनेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठका अनुसार नेपाल विद्युत् प्राधिकरणले विद्युत् माग र आपूर्तिबीच सन्तुलन कायम गर्न उच्च प्राथमिकताका साथ