भारतद्वारा नेपाललाई १० टन राहत सामग्री हस्तान्तरण

  • बिहीबार ११ भौ २०८३ ०१:३७ AM
भारतले बाढी प्रभावित नेपालका लागि पहिलो चरणमा १० टन अत्यावश्यक राहत सामग्री हस्तान्तरण गरेको छ। नेपालका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज पौडेललाई भारतले उक्त राहत सामग्री हस्तान्तरण गरेको हो। भारतका अनुसार ती सामग्री विनाशकारी आकस्मिक बाढीबाट प्रभावित क्षेत्रमा नेपालको उद्धार तथा राहत प्रयासमा सहयोग पुर्‍याउनेछन्। भारतले थप राहत सामग्री बिहीबार नेपाल आइपुग्ने जनाएको छ।