काठमाडौं : बिहान करिब ८ बजेसम्म रसुवाको जनजीवन सामान्य थियो । चीनको तिब्बततर्फबाट रसुवाको भोटेकोशी क्षेत्रमा अचानक भीषण बाढी आयो । रसुवागढी नाकाका प्रहरीले जानकारी पाएलगत्तै पूर्वसूचना गर्न नभ्याउँदै आएको बाढीले त्यहाँ कार्यरत प्रहरीलाई नै बेपत्ता बनायो