रसुवासहित नेपालका बाढी प्रभावित क्षेत्रमा राहत तथा प्रतिकार्यमा सहयोग पुर्याउन भारतले १० टन मानवीय सहायता तथा विपद् राहत सामग्री र अत्यावश्यक औषधि पठाएको छ। भारतका विदेश मन्त्री डा. एस. जयशंकरले बुधबार सामाजिक सञ्जालमार्फत सहायता सामग्रीका तस्बिर सार्वजनिक गर्दै नेपाल पठाइएको जानकारी दिएका हुन्। जयशंकरका अनुसार विनाशकारी बाढीपछिको प्रतिकार्यमा नेपाललाई सहयोग गर्न १० टन मानवीय सहायता