रसुवा बाढीः राहत तथा पुनःस्थापनाका लागि निजी क्षेत्रसँग सहकार्य (तस्बिरहरु)

  • बुधबार १० भौ २०८३ ०३:१७ PM
काठमाडौं । गृहमन्त्रीले रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि निजी क्षेत्रसँग सहकार्य अघि बढाएका छन् । गृहमन्त्रीले नेपाल उद्योग वाणिज्य महासंघ (FNCCI),  नेपाल उद्योग परिसंघ (CNI), नेपाल चेम्बर अफ कमर्स, नेपाल बैंकर्स संघ तथा नेपाल निर्माण व्यवसायी महासंघ (FCAN) का नेतृत्वसँग छलफल गर्दै विपद्को घडीमा सरकारसँग हातेमालो गर्न आग्रह गरेका छन् ।