रसुवा बाढीमा १९६ भन्दा बढी जलविद्युत कर्मचारी र कामदार सम्पर्कविहीन, प्राधिकरणको उद्धार टोली सक्रिय

  • बुधबार १० भौ २०८३ ०८:३७ PM
काठमाडौँ । रसुवा बाढीमा परी विभिन्न  जलविद्युत आयोजनामा कार्यरत १३३ भन्दा बढी कर्मचारी तथा कामदार सम्पर्कविहीन बनेका छन् ।  नेपाल विद्युत प्राधिकरणको पछिल्लो तथ्यांकअनुसार बाढीमा परी १३३ जना भन्दा बढी कर्मचारी र कामदार सम्पर्कविहीन भएका हुन् । यसमा विदेशी कामदार पनि छन् ।  प्राधिकरणकाअनुसार त्रिशुली जलविद्युत कम्पनीको निर्माणाधिन रहेको त्रिशुली ३ बी को साइटमा कार्यरत २१ जना कर्मचारीहरु सम्पर्क बाहिर छन् ।  चिलिमे जलविद्युत कम्पनीको चिलिमे जलविद्युत केन्द्रको पावर प्लान्ट क्षेत्रमा रहेका ६ जना र आवास क्षेत्र वरपर रहेको एक जना सम्पर्क बाहिर छन् ।  यसैगरी चिलिमे जलविद्युत कम्पनी अन्तर्गतको चेस्को कम्पनीमा कार्यरत रहेर त्रिशुली जलविद्युत कम्पनीको निर्माणाधिन रहेको त्रिशुली ३ बी को साइटमा कार्यरत ११ जना सम्पर्कमा बाहिर रहेका छन् ।  चिलिमे जलविद्युत कम्पनीअन्तर्गतको रसुवागढी जलविद्युत केन्द्रमा ५१ जना सम्पर्कमा रहेका छन् भने अन्य सम्पर्कविहीन छन् । त्रिशुली ३ ए जलविद्युत केन्द्रको पावर हाउसमा मर्मतकार्यमा संलग्न रहेका ४५ जना कर्मचारी तथा कामदार सम्पर्क विहीन छन् ।  प्राधिकरणको त्रिशुली जलविद्युत केन्द्र र देविघाट जलविद्युत केन्द्रमा कार्यरत १/१ जना कर्मचारी सम्पर्क बाहिर रहेका छन् । रसुवा वितरण केन्द्रमा रहेर चिलिमे पावर हाउसको स्वीच्यार्डमा कार्य गर्ने एकजना सम्पर्क बाहिर रहेका छन् भने सोही वितरण केन्द्रको गोटागन्ती मिटर रिडर पनि सम्पर्कमा छैनन् । त्रिशुली २२० के