नेपालमा आएको विनाशकारी बाढीपछि भारतले राहत तथा उद्धार कार्यका लागि थप सहयोग पठाउने भएको छ। आज राति भारतीय वायुसेनाको सी–१७ ग्लोबमास्टर विमान गाजियाबादस्थित हिन्दन एयर बेसबाट काठमाडौं आउने भएको छ। विमानमा राष्ट्रिय विपद् प्रतिकार्य बल (एनडीआरएफ) का उद्धारकर्मी, राहत सामग्री तथा आधुनिक उद्धार उपकरण ल्याइनेछ। काठमाडौं पुगेपछि नेपाल सरकारले ती उद्धार टोली र राहत सामग्रीलाई