टप एन्ड टी–२० सिरिजः नेपाल ‘ए’ टोलीको लगातार दोस्रो जित

  • बुधबार १० भौ २०८३ ०१:४४ PM
काठमाडौं । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजमा नेपाल ‘ए’ क्रिकेट टोलीले लगातार दोस्रो जित निकालेको छ । बुधबार सम्पन्न खेलमा नेपालले अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसीटी) लाई ४ विकेटले हराएको हो । एसीटीले दिएको १४१ रनको लक्ष्य पछ्याएको नेपालले ४ बल बाँकी रहँदा ६ विकेट गुमाएर १४४ रन बनाएको हो । नेपालका कप्तान कुशल भुर्तेलले