काठमाडौं । बुधबार बिहान रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण नुवाकोट र रसुवाका दर्जन बढी जलविद्युत आयोजनामा क्षति पुगेको छ । प्राप्त जानकारी अनुसार कुल १४ वटा आयोजनामा क्षति पुगेकोमा ९ वटा सञ्चालनमा रहेका छन् भने बाँकी ५ वटा निर्माणाधीन रहेका छन् । रसुवाका ८ र नुवाकोटका ६ आयोजनामा क्षति पुगेको बताइएको छ । रसुवाको