रसुवा बाढी : नेपाली सेना र निजी क्षेत्रले गर्यो ११४ जनाको हवाई उद्धार

  • बुधबार १० भौ २०८३ ०२:०३ PM
रसुवास्थित भोटेकोशी नदीमा आज बिहान भीषण बाढी आएलगत्तै नेपाली सेना र निजी क्षेत्रले ११४ जनाको हवाई उद्धार गरेका छन् । नेपाली सेनाले विभिन्न उडानमार्फत ८५ जनाको उद्धार गरेको छ भने निजी क्षेत्रका विभिन्न हेलिकप्टर कम्पनीले २९ जनाको उद्धार गरेका छन् । नेपाली सेनाले रसुवाको टिमुरे–धुन्चेमा ६० जना, टिमुरे–त्रिशूलीमा १३, मैलुङमा ५ जना, बेत्रावतीमा ४जना, त्रिशूली–काठमाडौँमा