रसुवागढी नजिक हिमचट्टान पहिरोपछि बाढी आएको प्रारम्भिक अनुमान

  • बुधबार १० भौ २०८३ १२:५७ PM
काठमाण्डु – राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले नेपाल–चीन रसुवागढी नाकाबाट करिब २० किलोमिटर उत्तरपूर्व नेपाल–चीन सीमाक्षेत्रमा गएको हिम–चट्टान पहिरोका कारण ल्हेन्दे खोलामा गेग्य्रानसहितको बाढी आएको अनुमान गरेको छ । प्राधिकरणले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको जानकारीअनुसार प्लानेट ल्याब्सको स्याटेलाइट तस्वीरको विश्लेषणका आधारमा गरिएको प्रारम्भिक अध्ययनले हिमचट्टान पहिरोपछि ल्हेन्दे खोलामा गेग्य्रान सहितको बाढी आएको देखाएको