भोटेकोशी बाढीपछि विद्युत् आपूर्ति सुचारु गर्न प्राधिकरण सक्रिय

  • बुधबार १० भौ २०८३ १२:२८ PM
काठमाडौं । भोटेकोशी बाढीबाट क्षतिग्रस्त विद्युत संरचनाको मर्मत तथा पुनःस्थापनालाई नेपाल विद्युत प्राधिकरणले तीव्र बनाएको जनाएको छ। प्रभावित क्षेत्रमा विद्युत सेवा यथाशीघ्र सुचारु गर्न प्राविधिक जनशक्ति र स्रोतसाधन परिचालन गरिएको छ। यसैबीच, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले सौर्य ऊर्जा प्रविधिमार्फत प्रभावित क्षेत्रमा तत्काल विद्युत सेवा पुर्‍याउन आवश्यक संयन्त्र परिचालन गरेको जनाएको छ।