बालेनलाई फोन गरेर मोदीले भने– सम्भव भएसम्मको सम्पूर्ण मानवीय सहायता उपलब्ध गराउन तयार छ

  • बुधबार १० भौ २०८३ ०५:५५ PM
काठमाडौँ । प्रधानमन्त्री बालेन शाहलाई भारतीय समकक्षी नरेन्द्र मोदीले टेलिफोन संवाद गरेका छन्।  बालेनलाई फोन गरेर रसुवा बाढीपछि नेपालमा भएको क्षतिबारे मोदीले जानकारी लिँदै समवेदना व्यक्त गरे। उनले अहिलेको कठिन घडीमा भारतका जनता नेपालीहरूको साथमा रहेको उनले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्।  ‘प्रधानमन्त्री बालेन्द्र साहसँग कुराकानी गरी नेपालमा बाढीका कारण भएको जनधनको क्षतिप्रति समवेदना व्यक्त गरेँ । यस कठिन घडीमा भारतका जनता नेपालका आफ्ना दिदीबहिनी तथा दाजुभाइहरूसँग ऐक्यबद्धताका साथमा छन्, भारत नेपाललाई सम्भव भएसम्मको सम्पूर्ण मानवीय सहायता उपलब्ध गराउन तयार छ,’ बालेनसँगको संवादपछि मोदीले भनेका छन्। मोदीले उद्धार र राहतका लागि भारतीय अधिकारीहरूले नेपाली सरकारी अधिकारीहरूसँग समन्वय गरिरहेको उल्लेल गरेका छन्।