त्रिशूलीको बाढीले फुर्केखोला पुल बगायो

  • बुधबार १० भौ २०८३ १२:०४ PM
धादिङ । त्रिशूली नदीमा आएको बाढीले धादिङको मलेखुस्थित फुर्केखोला पुल बगाएको छ । पुल बगाएसँगै धादिङका आठ स्थानीय तहलाई पृथ्वी राजमार्गसँग जोड्ने मुख्य सडक सम्पर्क अवरुद्ध भएको छ । फुर्केखोला पुल हुँदै धादिङको सद्धलेक, ज्वालामुखी, त्रिपुरासुन्दरी, नेत्रावती, गङ्गा जमुना, खनिया बास, रुवीभ्याली गाउँपालिका र नीलकण्ठ नगरपालिका जाने सडक हाल अवरुद्ध भएको छ । भोटेकोशी नदीमा