काठमाण्डु – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा बाढीका कारण भएको जनधनको क्षतिप्रति दु:ख व्यक्त गर्दै प्रधानमन्त्री बालेन्द्र शाहसँग टेलिफोन वार्ता गरेका छन् । प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल फेसबूकमार्फत प्रधानमन्त्री शाहसँग कुराकानी गरी बाढीमा परी ज्यान गुमाउनेहरूप्रति समवेदना व्यक्त गरेको जानकारी दिएका छन् । उनले विपद्को कठिन समयमा भारतका जनता नेपालका दाजुभाइ तथा दिदीबहिनीहरूसँग ऐक्यबद्ध रहेको