प्रतिनिधिसभा बैठक भोलिसम्मका लागि स्थगित

  • बुधबार १० भौ २०८३ १२:१३ PM
काठमाण्डु – प्रतिनिधिसभा बैठक भोलि बिहीबार दिउँसो १ बजे बस्ने गरी स्थगित भएको छ । बुधबारको बैठकमा सभामुख डोलप्रसाद अर्यालले विपद्को गम्भीर अवस्थालाई ध्यानमा राख्दै आजको कार्यसूचीमा रहेका सम्पूर्ण कार्यक्रम हटाइएको जानकारी गराए । सभामुख अर्यालले रसुवाको भोटेकोशीमा बुधबार बिहान गएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति दु:ख व्यक्त गर्दै घाइतेको उद्धार तथा उपचार, बेपत्ताको खोजी