काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टस एन्ड म्यानुफ्याक्चर्स एसोसिएसन (नाइमा)ले रसुवाको भोटेकोसी नदीमा आएको बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेको छ । नाइमाले बुधबार विज्ञप्ति जारी गर्दै टिमुरे, स्याफ्रुबेँसी र रसुवागढी क्षेत्रमा बाढीका कारण ठूलो क्षति भएको जनाएको छ । बाढीले सडक, पुल, विद्युत् तथा सञ्चार संरचना, सवारीसाधन, बजार क्षेत्र, जलविद्युत् आयोजना, सरकारी तथा सुरक्षा