रसुवा बाढी : हालसम्म १८ जनाको शव भेटियो

  • बुधबार १० भौ २०८३ ११:३५ AM
रसुवामा बुधबार आएको विनाशकारी बाढीबाट हालसम्म १८ जनाको मृत्यु भएको छ। दिउँसो ३ः४५ बजेसम्म प्राप्त विवरणअनुसार रसुवामा एक जना पुरुषको मृत्यु भएको छ। त्यस्तै, नुवाकोटमा तीन महिला र चार पुरुष गरी सात जना, धादिङमा तीन महिला, दुई पुरुष र एक जना पहिचान नखुलेका गरी छ जना तथा गोरखामा दुई पुरुष र दुई जना पहिचान नखुलेका