त्रिशूलीमा रसुवाको बाढीको वितण्डा:गल्छीमा पक्की पुलसहित भौतिक संरचनामा व्यापक क्षति (तस्बिरहरू)

  • बुधबार १० भौ २०८३ ११:३७ AM
रसुवाबाट आएको भीषण बाढी त्रिशूली नदी हुँदै धादिङको गल्छी क्षेत्रमा पुग्दा नदी तटीय क्षेत्रमा ठूलो क्षति पुगेको छ। बाढीले गल्छी आसपासका भौतिक पूर्वाधारसँगै पक्की पुललगायतका संरचनामा व्यापक क्षति पुर्‍याएको हो।