बाढीपीडितको उपचारमा स्वास्थ्य टोली परिचालन

  • बुधबार १० भौ २०८३ १०:१९ AM
मकवानपुर । बागमती प्रदेश सरकारले बाढी तथा विपद्का कारण प्रभावित क्षेत्रमा आपत्कालीन स्वास्थ्य सेवा उपलब्ध गराउन प्रदेशअन्तर्गतका अस्पतालबाट स्वास्थ्यकर्मी परिचालन थालेको छ । प्रदेशका स्वास्थ्य सचिव डा सुमित्रा गौतमको संयोजनमा क्षतिग्रस्त तथा प्रभावित क्षेत्रमा आकस्मिक स्वास्थ्य टोली खटाइएको छ । भक्तपुर अस्पतालबाट बाढीपीडितको उपचारका लागि डा दिवाकर सुवेदी (हाडजोर्नी तथा नशा रोग विशेषज्ञ), डा विजय