रसुवा बाढीलगत्तै सरकारले गरेका ११ निर्णयमा के–के छ ?

  • बुधबार १० भौ २०८३ ११:०५ AM
काठमाण्डु – रसुवा जिल्लाको सीमा क्षेत्र रसुवागढी, भोटेकोशी नदी तथा तल्लो तटीय क्षेत्रमा बुधबार आएको भीषण बाढीबाट भएको जनधनको क्षतिप्रति नेपाल सरकारले दु:ख व्यक्त गर्दै प्रभावितको उद्धार, उपचार, राहत तथा पुन:स्थापनाका लागि तत्काल विभिन्न निर्णय गरेको छ । सरकारले बाढीमा परी मृत्यु भएकाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ भने घाइतेहरूको