रसुवा बाढी : ७९ सुरक्षाकर्मी सम्पर्कविहीन, ९ शव फेला

  • बुधबार १० भौ २०८३ १०:५७ AM
परराष्ट्रमन्त्री शिशिर खनालले रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण ठूलो जनधनको क्षति भएको जानकारी प्रतिनिधिसभालाई गराएका छन् । प्रतिनिधिसभाको बैठकमा सरकारको तर्फबाट बोल्दै मन्त्री खनालले मनसुन कमाण्ड पोस्टको आकस्मिक बैठक बसेर घटनाको अवस्था, खोज तथा उद्धार, सुरक्षा व्यवस्थापन, स्वास्थ्य सेवा तथा राहत परिचालनका विषयमा समन्वय भइरहेको बताए । उनका अनुसार रसुवाको टिमुरेलगायतका प्रहरी चौकीमा कार्यरत