काठमाडौँ । रसुवा बाढीमा परेका नागरिकको उद्धारका लागि रसुवा, नुवाकोट, धादिङ र चितवनस्थित सशस्त्र प्रहरी बल नेपालका युनिटहरूबाट उद्धार सामग्रीसहित टोलीहरू परिचालन भएका छन्। तयारी अवस्थामा राखिएका आपत्कालीन राहत तथा उद्धार सामग्रीसहितका ‘डिजास्टर रिलिफ सिस्टम’ (डीआरएस) कन्टेनरहरू बाढी प्रभावित क्षेत्रमा तत्काल पुर्याउने कार्य भइरहेको छ। अन्य क्षेत्रमा रहेका कन्टेनरहरूलाई समेत प्रभावित क्षेत्रतर्फ केन्द्रित गरी पठाइएको छ। बाढीमा परी घाइते भएकाहरूको तत्काल प्राथमिक उपचारका लागि ‘मास क्याजुअल्टी भेहिकल’ (एमसीभी) सहितको चिकित्सा तथा उद्धार टोली क्षेत्रमा खटाइएको छ। नदी किनार तथा जोखिमयुक्त बस्तीहरूमा सशस्त्र प्रहरीको गस्ती टोलीले साइरन बजाएर र माइक मार्फत सूचना ... The post रसुवा बाढीमा उद्धार : स्निफर डग, ड्रोन र हेलिप्याड तयार गर्दै सशस्त्र प्रहरी appeared first on Kalika Khabar.