रसुवा भन्सारका ३०० भन्दा बढी गाडी बाढीले बगायो, पाँच कर्मचारी अझै सम्पर्कविहीन

  • बुधबार १० भौ २०८३ ०९:२४ AM
  काठमाडौँ । रसुवामा आएको बाढीले रसुवा भन्सार कार्यालयमा रहेका ३०० भन्दा बढी गाडी बगाएको छ। बाढीले भन्सार कार्यालयका अन्य सामग्रीमा समेत क्षति पुर्‍याएको छ। अर्थ मन्त्रालयका अनुसार भन्सार कार्यालयमा कार्यरत पाँच जना कर्मचारी अझै सम्पर्कविहीन छन्।