तिब्बतको केरुङ नाका नजिकै पहिरोः केही व्यक्ति बेपत्ता भएको आशंका, यातायात र सञ्चार सेवा अवरुद्ध

  • बुधबार १० भौ २०८३ ०९:२० AM
काठमाडौं । पश्चिमी स्वशासित क्षेत्र सिजाङ (तिब्बत) को केरुङ (ग्याइरोङ) नाका नजिकै बुधवार गएको पहिरोमा परी केही व्यक्तिहरू बेपत्ता भएको आशंका गरिएको छ । स्थानीय अधिकारीहरूका अनुसार उक्त प्राकृतिक विपत्तिका कारण ठुलो क्षति पुगेको छ । सिगात्से सहरको केरुङ जिल्लास्थित आपत्कालीन व्यवस्थापन ब्युरोले दिएको जानकारीअनुसार पहिरोले नाकातर्फ जाने सडक सञ्जाल पूर्ण रूपमा अवरुद्ध पारेको छ