काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीबाट रसुवाको टिमुरे र मैलुङ क्षेत्रमा ड्युटीमा खटिइएका १३ जना सशस्त्र प्रहरी सम्पर्कविहीन भएका छन् । सशस्त्र प्रहरी बल नेपालका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार टिमुरेबाट नौ र मैलुङबाट चार जना सम्पर्कविहीन भएका छन् । बाढीपछि त्यस क्षेत्रमा सञ्चार सम्पर्क टुटेको छ । उनीहरूको खोजी भइरहेको छ । बाढी प्रभावित