मेरो २ महिनाको तलबभत्ता विपद् व्यवस्थापन कोषमा जम्मा गरियोस् : सांसद बास्कोटा

  • बुधबार १० भौ २०८३ ०९:४६ AM
काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद समीक्षा बास्कोटाले राष्ट्रिय विपद् घोषणा गरी तत्काल उद्धार र विपद् व्यवस्थापनमा परिचालन गर्न सरकारलाई आग्रह गरेकी छन् । बुधबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले विपद् व्यवस्थापन कोष परिचालन गरी सांसद र कर्मचारीको यथोचित रकम कट्टा गर्ने व्यवस्था मिलाउन आग्रह गरिन् । उनले आफ्नो २ महिनाको तलब कोषमा जम्मा गर्न