काठमाडौं । नेकपा (एमाले) का सांसद पुष्पराज कँडेलले तिब्बततर्फबाट आएको बाढीबाट मानवीय तथा भौतिक क्षति हुनुका साथै प्रभावित क्षेत्रमा गम्भीर मनोवैज्ञानिक परेको भन्दै सरकारलाई तत्काल उद्धार, राहत, पुनर्स्थापना तथा पुनर्निर्माणमा जुट्न आग्रह गरेका छन् । प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै उनले हालसम्म धादिङमा मानवीय क्षतिको विवरण प्राप्त नभए पनि ठुलो मात्रामा भौतिक क्षति भएको जानकारी