काठमाडौं । रसुवाको स्याफ्रुबेँसीमा निर्माणाधीन २० मेगावाटको लाङटाङ खोला जलविद्युत् आयोजनामा कार्यरत इन्जिनियरसहितका ६० कर्मचारी सम्पर्कविहीन भएका छन् । रसुवाको भोटेकोशी नदीमा आएको बाढीको कारणले सो जलविद्युत् आयोजनामा कार्यरत कर्मचारी सम्पर्कविहीन भएका हुन् । लाङटाङ जलविद्युत् आयोजनाका प्रबन्ध निर्देशक तथा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपालका सचिव विजयमोहन भट्टराईले आयोजनामा कार्यरत इन्जिनियरसहित ६० जना कर्मचारी सम्पर्कविहीन