भोटेकोशी बाढीः ३८४ पर्यटक सम्पर्कविहीन

  • बुधबार १० भौ २०८३ १०:०३ AM
काठमाडौं । रसुवाको भोटेकोशीमा गएको बाढीमा परेर ३८४ पर्यटक सम्पर्कविहीन भएका छन् । नेपाल पर्यटन बोर्डले दिएको जानकारीअनुसार आज बिहान भोटेकोशीमा आएको बाढीमा परेर २९१ विदेशी र ९३ नेपाली सम्पर्कविहीन भएका छन् । पर्यटन बोर्डका निमित्त प्रमुख कार्यकारी अधिकृत (सिइओ) हिक्मतसिंह ऐरले विभिन्न कम्पनीमार्फत गोसाइँकुण्ड र कैलाश मानसरोवर गएका ३८४ पर्यटक सम्पर्कविहीन भएको जानकारी दिए