बागलुङ । नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले प्रहरी सुरक्षित भएमा मात्रै नागरिकलाई उच्च मनोबलका साथ सुरक्षित गर्न तैनाथ हुने बताएका छन् । उनले प्रहरी र नागरिकको सहकार्यबाट मात्रै सभ्य तथा अपराधरहित समाज निर्माण गर्न सकिने बताए । जिल्ला प्रहरी कार्यालय बागलुङमा निर्माण सम्पन्न भएका चार ब्यारेक तथा आवास भवनको आज एक कार्यक्रमबीच उद्घाटन गर्दै महानिरीक्षक