काठमाडौं । रसुवामा आएको बाढीका कारण विभिन्न स्थानमा ३८४ आन्तरिक तथा विदेशी पर्यटक सम्पर्कविहीन भएका छन्। नेपाल पर्यटन बोर्डका अनुसार सम्पर्कविहीनमध्ये २९१ विदेशी र ९३ नेपाली पर्यटक छन्। ट्राभल एजेन्सी, गाइड, स्थानीय तह र सुरक्षा निकायसँग समन्वय गरी बोर्डले उक्त तथ्यांक सार्वजनिक गरेको हो।