विपद्को घडीमा सरकारलाई कांग्रेसको साथ, उद्धारमा जुट्न आङ्देम्बेको अपिल

  • बुधबार १० भौ २०८३ ०२:५० PM
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले चीनको तिब्बत क्षेत्रबाट लेन्दे खोला हुँदै भोटेकोशी नदीमा आएको आकस्मिक भीषण बाढीबाट ठूलो जनधनको क्षति भएको घटनाप्रति दु:ख व्यक्त गरेका छन् । बाढीले रसुवा, नुवाकोट, गोरखा, धादिङ र चितवनलगायतका तटीय क्षेत्रमा ठूलो क्षति पुर्‍याएपछि आङ्देम्बेले बेपत्ताको खोजी तथा उद्धारलाई तत्काल पहिलो प्राथमिकतामा राख्न सरकारसँग माग पनि गरे । उनले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका उपलब्ध जनशक्ति तथा उद्धार सामग्री प्रभावित क्षेत्रमा तत्काल परिचालन गर्न आग्रह गरेका छन्। उनले विपद्को समयमा राज्यका सबै संयन्त्रबीच प्रभावकारी समन्वय आवश्यक रहेको भन्दै तीनै तहका सरकारबीच समन्वय गरेर उद्धार, घाइतेको उपचार, राहत वितरण र शीघ्र पुनःस्थापनाको व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराएका छन्। यति ठूलो विपद् आउनुअघि सरकारलाई समयमै सूचना किन प्राप्त भएन भन्ने प्रश्न आङ्देम्बेले गरेका । ‘तिब्बत क्षेत्रमा आएको भीषण बाढी वा हिमताल विस्फोटको जोखिमबारे नेपालतर्फ समयमै पूर्वसूचना किन उपलब्ध भएन