काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज आकस्मिकरुपमा आएको बाढीमा परी २६ जना प्रहरी सम्पर्कविहीन भएका छन् । केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेका अनुसार रसुवाको टिमुरे, स्याफ्रुबेँसी, सिम्ले र मैलुङमा रहेका युनिटमका ती प्रहरी सम्पर्कविहीन भएका हुन् । बाढीपछिको खोज तथा उद्धारको क्रममा नुवाकोट र धादिङमा आठ जनाको शव फेला परेको छ ।