काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित २५ जनाको नेपाली सेनाले उद्धार गरेको छ । प्रभावित क्षेत्रमा खटिइएको सेनाको टोलीले रसुवाको टिमुरे र स्याफ्रु तथा नुवाकोटको त्रिशूली क्षेत्रबाट उनीहरूको उद्धार गरेको सैनिक प्रवक्ता राजाराम बस्नेतले जानकारी दिए । बाढी प्रभावितको उद्धार र प्रतिकार्यका लागि सेनाको छ र निजी क्षेत्रका आठ गरी १४ हेलिकप्टर प्रभावित