भोटेकोशी–त्रिशूलीमा गएको बाढीबाट १९ वटा पुलमा क्षति

  • बुधबार १० भौ २०८३ ०९:०२ AM
काठमाडौं । भोटेकोशी–त्रिशूलीमा गएको बाढीका त्रिशूली नदीमा रहेका कम्तीमा १९ वटा पुलमा क्षति भएको सडक विभागले जनाएको छ । सडक विभागका उपमहानिर्देशक तथा प्रवक्ता शुभराज न्यौपानेका अनुसार बाढीका कारण हालसम्म त्रिशूली नदीमा रहेका कम्तीमा १९ वटा पुलमा क्षति पुगेको छ । त्यस्तै, कम्तीमा ४० किलोमिटर सडकमा क्षति पुग्नुका साथै सडक भत्किएको उनको भनाइ छ ।