पोखरा । गण्डकी प्रदेश सरकारमा सहभागी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का चार मन्त्रीले सामूहिक राजीनामा दिएका छन् । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई भेटेर चार जना मन्त्रीले राजीनामा पत्र बुझाएको प्रदेश भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री गोविन्दबहादुर नेपालीले जानकारी दिए । राजीनामा दिनुहुनेमा मन्त्री नेपाली, उद्योग तथा पर्यटनमन्त्री यशोदा रिमाल, स्वास्थ्यमन्त्री लक्ष्मणबहादुर पाण्डे र कृषि, भूमि व्यवस्था